काठमाडौंको थापागाउँस्थित मण्डला नाटकघरमा नाटक "ब्युँझिएको सिरानी"को नियमित मञ्चन भैरहेको छ।
जेडी तमुको परिकल्पना तथा निर्देशन गरेको नाटकमा मानसिक स्वास्थ्यको विषयलाई सुन्दर तरिकाले प्रस्तुत गरिएको छ।
एउटा मानिसले आफ्नो लक्ष्य प्राप्तिका लागि गर्ने संघर्षको दौरानमा आउने उतार चढावको गहन पक्षलाई नाटकले प्रस्तुत गरेको छ भने नृत्यसंगै नेपाली लोक गीत, लोक नृत्य र गीत संगीतको मिठो संयोजन नाटकमा पाउन सकिन्छ।
असोज २८ गतेसम्म मञ्चन हुने नाटकलाई अनिल सुब्बाले कला निर्देशन गरेका छन् भने सुरज तमुको सह-निर्देशन छ।
झुमा लिम्बुको संगीत संयोजन रहेको नाटकमा प्रविती राई, नवीन बयल्कोटी र आयुषले प्रत्यक्ष संगीत प्रस्तुती दिएका छन्। कुसुम बुटिकले नाटकको थिम अनुसारको पोसाक निर्माण गरेकी हुन्।
नाटकको भाव अनुसारको प्रकाश परिकल्पना उमेश तामाङले गरेका छन् भने संजिव योगीले प्रकाश परिचालन गरेको छ।
नाटक "ब्युँझिएको सिरानी" वाइ स्ट्यान्ड डान्स स्कुलको प्रस्तुति र इलाम गुरुङ सोसाइटीको सह प्रस्तुतिमा तयार भएको हो।
नाटकमा रूपेश लामा, वेदना राई, सुरज तमू, मनि के राई, सुजन सेनेहाङ, सृष्टि महर्जन, दिया शाक्य, रेनुका घर्ति मगर, मुस्कान राउत, लुनिभा महर्जन, रामचन्द्र पनेरू, ग्लोरी थापालगायत कलाकारको अभिनय रहेको छ।
तस्बिरहरूः