गायिका पुनम गुरूङको स्वरमा रहेको गीत 'सिन्दुर' को म्युजिक भिडिओ सार्वजनिक गरिएको छ। यस गीतमा शब्द गणेश उप्रेतीको छ भने संगीत संयोजन न्हुछे महर्जनले गरेका छन्। भिडिओमा बिनु गुरूङको छ।
गीतकार गणेश उप्रेतीले हालसालै तीज गीत 'ए साथी सँगी हो' सार्वजनिक गरेका थिए। त्यसअघि 'तिम्रो दिलको', 'लगन जुरेर', 'लाइदेउ माया', 'नजरको गुलेली', 'जाले रूमाल', 'दिल यहाँ' जस्ता दर्जन बढी गीतहरू सिर्जना गरिसकेका छन्।
नयाँ गीत 'सिन्दुर' पुनम गुरूङ अफिसियल युट्युब च्यानलमा सार्वजनक छ। यो गीत रेकर्डिङ रेडियो नेपालमा गरिएको हो।