गायक यम बरालको स्वरमा 'राम पियारी' बोलको गीत सार्वजनिक भएको छ। 
बिहीबार सार्वजनिक गीतको भिडिओमा गायक बराल र अभिनेत्री दीपाश्री निरौलाको नृत्य तथा अभिनय छ। 
मायाप्रेममा आधारित गीतको शब्द डीपी खनालले लेखेका हुन्।  संगीत शंकर थापा स्माइलको छ भने विश्व अधिकारीले एरेन्ज गरेका हुन्। 
यम्मी इन्टरटेनमेन्ट र ई ग्लोबलको प्रस्तुति रहेको गीतको भिडिओलाई प्रेम लामाले छायांकन तथा निर्देशन गरेका छन्। 
गीताञ्जली शर्मा र सुरेन्द्र भुजेल थापा निर्माता रहेको भिडिओमा टेकेन्द्र शाहको सम्पादन छ।
भिडिओ ओएसआर डिजिटलको युट्युबमार्फत सार्वजनिक गरिएको हो।