क्यानडाको सांगीतिक कार्यक्रम सकेर फर्किँदै गरेकी गायिका रचना रिमाल चढेको जहाज जर्मनीमा आकस्मिक अवतरण भएको छ।
रचनाले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएकी छन्।
उनले लेखेकी छन्, 'क्यानडाको सांगीतिक कार्यक्रम सकेर आज एयर इण्डियाबाट नेपाल फर्किने क्रममा छु। क्यानडाबाट भारत ल्यान्ड हुनुपर्ने फ्लाईट जहाजमा आएको प्राविधिक समस्याको कारणले गर्दा जर्मनीमा इमरजेन्सी ल्यान्ड भएको छ।'
उनी केही समयमा भारत हुँदै नेपाल फर्किने तयारीमा छिन्।
रचना तीन साताअघि कार्यक्रमका लागि क्यानडा गएकी थिइन्।