नेपाली नयाँ वर्षको अवसर पारेर होटल पौवाले आफ्ना पाँच शाखामा सांगीतिक साँझ गर्ने भएको छ।
नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा आइतबार हुने साँगीतिक साँझमा चर्चित गायक तथा गायिकाको लाइभ प्रस्तुतिमा दर्शक झुम्नेछन्।
होटल पौवा भैरहवामा गायिका एलिना चौहानसँगै गायकद्वय करण परियार र कर्णराज गिरीको प्रस्तुति रहनेछ।
बुटवलमा गायक बालचन्द्र बराल, गायिकाद्वय अस्मिता डल्लाकोटी र कल्पना कुसुमको प्रस्तुति रहनेछ।
होटल पौवा घोराहीमा खुमन अधिकारीसँगै अफ्सर अली ब्याण्डको प्रस्तुति रहनेछ।
त्यस्तै, होटल पौवा गैडाकोटमा गायकहरू प्रकाश दुतराज, श्रीधर अधिकारी र गायिका दीपिका बयम्बुले प्रस्तुति दिनेछन्।
होटल पौवा भालुवाङमा सांगीतिक जोडी महेश काफ्ले र अस्मिता अधिकारीले दर्शक झुमाउनेछन्।
सांगीतिक साँझ ७ बजेदेखि सुरू हुनेछ। प्रवेशका लागि शुल्क लाग्ने छैन। स्टलमा खानाका परिकार पनि न्यूनतम मूल्यदेखिका राखिने होटल पौवाका ब्राण्ड प्रमुख विष्णु भण्डारीले बताए।
'नयाँ वर्षलाई उत्सवका रूपमा स्वागत गरौं भन्ने उद्धेश्यले पौवाका अतिथि र आसपासका स्थानीय समेतलाई लक्षित गरेर सांगीतिक साँझ राखेका हौं। पायक पर्ने सबैजना कार्यक्रममा आएर चर्चित कलाकारहरूसँग झुम्न सक्नुहुनेछ,' भण्डारीले भने।
'जहाँबाट आतिथ्यको सुरुवात हुन्छ' भन्ने मूल नाराका साथ स्थापना भएको होटल पौवाले आफ्नो १८ वटा शाखा विस्तार गरिरहेको छ।