'दि फिरन्ते' ब्याण्डले आफ्नो पहिलो एल्बम 'फिरन्ते' को पहिलो गीत सार्वजनिक गरेको छ।
तीन दिनअघि सार्वजनिक 'बुढो भैयो' ट्रयाकले यतिबेला स्रोता/दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ।
यो गीतमा बढ्दो उमेरको भाव समेटिएको छ। बालापन, छुट्टिएका साथीसंगी र उनीहरूको सम्झना समावेश छ। समग्रमा भन्दा गीतले उमेर साँचेर राख्न नसकिने भाव बोल्छ।
गीतमा शब्द, संगीत र स्वर देबेन्द्र बब्लुको छ। मिक्सिङ र मास्टरिङको काम विकास भुजेलले गरेका हुन्।
सुशील बाबु क्षेत्रीको कथा तथा निर्देशनमा भिडिओ बनेको भिडिओमा निकुन श्रेष्ठसहित घनश्याम जोशी, पुन्टू कुमार, सयन शाक्यको अभिनय छ। अनुराग महर्जनले भिडिओ छायांकन गरेका हुन्।
गीत विभिन्न अडिओ प्लेटर्फममा समेत उपलब्ध छ।