पाकिस्तानी गजल गायक उस्ताद गुलाम अली, आमिर गुलाम अली र नाजिर गुलाम अलीको स्वरमा 'गजल उनकै गीत उनकै' गीतको भिडिओ सार्वजनिक भएको छ।
मनोज खड्काको शब्द रहेको गजलमा मिलन मोक्तानको संगीत छ। गजलको भिडिओमा केहीदिन अघि ललितपुरमा आयोजित 'गुलाम अली थ्री जेनेरेसन अन वन स्टेज' कार्यक्रमका दृश्य समेटिएका छन्। भिडिओमा गुलाम अली नेपाल आउँदा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको स्वागतदेखि उनको कार्यक्रमसम्मको दृश्यलाई स्थान दिइएको छ।
प्रज्ञा साउण्ड रेकर्डिङमा रेकर्ड गरिएको गीतमा किरण कँडेलको एरेन्ज छ। गजल तयार गर्न दीप तुलाधरले मुख्य सल्लाहकारको भूमिका खेलेका छन्।
गजलकार मनोज खड्काले उस्ताद गुलाम अलीको तीन पुस्ताले रेकर्ड गरेको हाल सम्मकै पहिलो ऐतिहासिक गजल रहेको बताए। भिडिओमा गजल तयार पार्दाको दृश्यलाई पनि राखिएको छ।
भिडिओ मनोज खड्का अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।