दुर्गेश थापाको गीत ‘दुश्मन हेरेको हेर्यै’ युट्युबको ग्लोबल ट्रेन्डिङमा परेको छ।
विश्वव्यापी १०० म्युजिक भिडिओको सूचीमा यो गीत ७७ औं स्थानमा छ। युट्युबको ग्लोबल ट्रेन्डिङमा यसअघि एकाध गीत मात्रै परेका छन्।
सोमबार बिहान युट्युबमा 'दुश्मन हेरेको हेर्यै' को भिडिओको भ्युज ४ करोड नजिक छ। भिडिओमा ३ लाख ७१ हजारले लाइक गरेका छन् भने ११ हजार बढी प्रतिक्रिया आएका छन्।
गीतमा दुर्गेशको आफ्नै शब्द तथा संगीत छ।
गायनमा दुर्गेशसँगै दुई चर्चित गायिकाहरू समीक्षा अधिकारी र एलिना चौहानको स्वर छ। आनन्द कार्कीले पनि यसमा स्वर दिएका छन्। भिडिओमा दुर्गेशसँगै प्रियंका कार्की, कविता नेपाली लगायत फिचर्ड छन्।
'दुश्मन हेरेको हेर्यै' ले लोभलाग्दो चर्चा पाएसँगै दुर्गेश स्टेज कार्यक्रममा व्यस्त बनिरहेका छन्।
यो पनिः स्टेज तताइरहेका दुर्गेश थापालाई १३ प्रश्न