भोलि शनिबार गायक सुशान्त केसीको भक्तपुरको सल्लाघारीमा कन्सर्ट हुँदैछ।
साढे २ वर्षपछि उनी काठमाडौं उपत्यकामा 'सुशान्त केसी लाइभ इन नेपाल' मार्फत संगीतप्रेमीमाझ गुञ्जिँदैछन्।
केही दिनअघि सुरू भएको कन्सर्टको तयारी लगभग पूरा भएको छ। नेपालमै पहिलोपटक उक्त कन्सर्टको स्टेजलाई दुवै साइटबाट क्रेनले उठाएको छ। साथै आर्टिस्टले पर्मम गर्ने स्टेजको र्याम्प जेनेरल प्लाटफर्मसम्म पुग्ने गरि बनाएको छ।
१५ हजारभन्दा धेरै दर्शक सहभागि गराउने लक्ष्य रहेको कन्सर्टमा चर्चित व्यक्तिहरू आउने आशा टिमले लिएको छ। कन्सर्टको सुरक्षा प्रबन्ध चुस्त बनाउन स्थानीय प्रशासनसँग समन्वय गरिएको आयोजकले जनाएको छ। केही दिनअघि गायक केसीले काठमाडौं महानगरका मेयर बालेन शाहलाई कन्सर्टमा आउन निम्मो दिएका थिए।
काठमाडौंमा प्रस्तुति दिनु आफ्नो लागि सधैं विशेष भएको र आफू उत्साहित रहेको सुशान्तले सुनाए। कन्सर्टमा सुशान्तले बार्दली, सारंगी, साथी र आमा लगायतका गीतहरूसँगै नयाँ सिर्जनाहरू पनि प्रस्तुत दिनेछन्। सुशान्तका अनुसार दर्शकले सो अवसरमा नयाँ एक ट्रयाक सुन्न पाउनेछन्।
एसकेसी इंक र द रोयल नेपाल इभेन्ट्सको संयुक्त आयोजनामा हुने यस कन्सर्टलाई भव्य बनाउन विभिन्न व्यवस्थाहरू मिलाइएको छ।