गायक तथा संगीतकार बाबुल गिरीको स्वरमा गजल 'हिमाली सुन्दरी' सार्वजनिक गरिएको छ।
रोमान्टिक गजलमा बाबुल गिरीको स्वर तथा संगीत छ भने आरजु गिरीको शब्द छ। गजललाई बाबुल गिरीले नै एरेन्ज गरेका छन्। निकै कम मात्रै गीतमा काम गर्दै आएका गिरीले ६ महिनापछि यो सिर्जना ल्याएका हुन्।
मेहफिलको सेटमा प्रस्तुत गरिएको गजलको भिडिओमा अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीका साथमा बाबुल स्वयंम फिचर्ड छन्।
संगीतसागर बुर्जाले निर्देशन गरेको भिडिओमा विश्वास भण्डारीको छायांकन र पदम सुवेदीको सम्पादन छ। यसका निर्माता आरजु गिरी हुन्।
'नेपाली गजल बहार' युट्युब च्यानलमा यो गजल सार्वजनिक छ।
भिडिओः