गायिका रचना रिमालले आफ्नो अफिसियल लोगो सार्वजनिक गरेकी छन्।
यतिबेला स्टेज कार्यक्रममा व्यस्त उनले महोत्सवबाट लोगो सार्वजनिक गरेकी हुन्।
अर्घाखाँची महोत्सवको मञ्चबाट उनले लोगो सार्वजनिक गरिन्। त्यसपछि सामाजिक सञ्जालमार्फत आफ्ना शुभचिन्तक र फ्यानलाई लोगोबारे जानकारी दिइन्।
सार्वजनिक लोगो रचनाको अंग्रेजी नामको अघिल्लो अक्षर, संगीत र सर्वोच्च शिखर सगरमाथा झल्कने गरि डिजाइन गरिएको छ।
कलाकारले आफ्नो ब्राण्ड पहिचानलाई कायम राख्न लोगो सिर्जना गर्ने विश्वब्यापी अभ्यास छ।
नेपालमा भने यस्तो अभ्यास कमै देखिएकोमा रचनाले लोगो सार्वजनिक गरेकी हुन्।