रूपन्देहीको बुटवलमा आयोजित 'बुटवल खाना महोत्सव तथा माघे संक्रान्ती मेला' मा चर्चित गायक/गायिकाले प्रस्तुति दिने भएका छन्।
पुस २९ देखि माघ २ गतेसम्म बुटवलको दीपनगरमा मेला हुन लागेको छ।
मेलामा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी अध्यक्ष तथा गायिका रीता थापा मगर, गायकहरू पशुपति शर्मा, प्रकाश दुतराज, खुमन अधिकारी र थानेश्वर गौतमको प्रस्तुति रहने भएको हो। मेलामा थुप्रै स्थानीय कलाकारहरूले समेत प्रस्तुति दिनेछन्।
होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ, रूपन्देहीले मेलाको आयोजना गरेको हो।