जिल्ला–जिल्लामा भइरहेका मेला/महोत्सवमा स्रोता तथा दर्शकले रूचाएका गायक/गायिकाहरू व्यस्त बनिरहेका छन्। यस्तोमा कतिपय कलाकारहरू दिनकै महोत्सवमा पुगेर प्रस्तुति दिइरहेका छन्।
महोत्सवमा धेरै खोजिनेमध्येमा पर्ने गायिका रचना रिमालको माघ ९ गतेसम्म दिनकै विभिन्न महोत्सवमा प्रस्तुति तय छ।
उनले सोमबारमात्रै फेसबुकबाट महोत्सव प्रस्तुतिको लाइनअप सार्वजनिक गरेकी छन्। यो अवधिमा उनी पूर्वदेखि पश्चिमसम्मका महोत्सवमा पुग्दैछिन्।
सोमबार प्रथम टाँडी मिनी महोत्सव, मोरङमा उनले प्रस्तुति दिँदैछिन्। पुस २३ गते मचिन्द्रनाथ मेला मोरङ, २४ गते पुसे मेला पाँचथर, २६ मा भोजपुर, २७ मा छमछमी मेला पाँचथर, २८ गते टिकापुर महोत्सव कैलाली, २९ गते विर्तामोडमा आयोजित राष्ट्रिय भाक्का दिवसमा प्रस्तुति दिनेछिन्।
त्यस्तै, माघ १ गते नेसुम सांगीतिक साँझ ताप्लेजुङ, २ गते थली सांस्कृतिक तथा व्यापार महोत्सव काठमाडौं, ३ गते बारबर्दिया महोत्सव बर्दिया, ४ गते भाटी मेला गुल्मी, ५ गते तनहुँ महोत्सव तनहुँ, ६ गते पोखरा महोत्सव, ७ गते चितवन महोत्सव नारायणगढ र माघ ९ गते राजापुर महोत्सव, बर्दियामा उनको प्रस्तुति तय छ।