लोकप्रिय ब्याण्ड कन्दराले बेलायतको लण्डनमा भव्य कन्सर्ट गर्दै विश्व सांगीतिक भ्रमणको सुरूआत गरेको छ।
शनिबार (जनवरी ४) मा लण्डनस्थित द ओटुमा आयोजित कन्सर्टमा ३ हजार बढी दर्शकमाझ कन्दरा गुञ्जिएको हो।
कन्सर्टपश्चात कन्दराका गायक तथा संस्थापक विवेक श्रेष्ठले भनेका छन्– 'विश्व संगीतका लिजेण्डहरूको प्रस्तुति रहिसकेको यस ओटुमा प्रस्तुति दिनु मेरो सपना थियो, आज यो ऐतिहासिक हलमा नेपाली दाजूभाई, दिदीबहिनी तथा आमाबाबाहरूमाझ गाउन पाउनु मेरो लागि अझै सपना झैं लागिरहेको छ। तर यो सपना अब सपना भने होइन रहेछ। हाम्रो सांगीतिक प्रस्तुतिमा हाउसफुल उपस्थिति जनाउनुभई नेपाली संगीतमा कन्दराको ३२ औं बसन्त यस्तो भब्य तरिकाले मनाइदिनुभएकोमा म तथा मेरो कन्दरा परिवार कृतज्ञ छौं।'
३२ वर्षे सांगीतिक उमेरको उत्सव अन्तर्गत 'पहिला घरदेश, अनि परदेश' विश्वव्यापी अभियान घोषणा गरेको कन्दराले गत कात्तिकमा काठमाडौंमा भव्य कन्सर्ट गर्दै अभिनयको सुरूआत गरेको थियो।
कन्दराले लण्डनपछि अब जनवरीमै दुबई, कतार र हङकङमा कन्सर्ट गर्दैछ।
तस्बिरहरू





