पोखरामा 'पुरूषोत्तम न्यौपाने सांगीतिक साँझ' आयोजना हुने भएको छ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले पुस २६ गते न्यौपानेको सांगीतिक साँझ गर्न लागेको हो।
पोखरा सभागृहमा हुने सांगीतिक साँझ दिउँसो ३ बजे सुरू हुने प्रतिष्ठानले जानकारी दिएको छ।
प्रतिष्ठानले गत वर्षदेखि प्रतिष्ठित लोकदोहोरी कलाकारको सांगीतिक साँझ गर्न सुरू गरेको थियो। गतवर्ष प्रतिष्ठानले 'नारायण रायमाझी सांगीतिक साँझ २०८०' आयोजना गरेको थियो।
पोखरामा हुने सांगीतिक साँझमा न्यौपानेले आफ्ना गीतहरू प्रत्यक्ष गाउनेछन्।
उनका 'सररर पानीघट्टामा, घामजस्तो चम्किलो जुन हुँदैन, रून्छ नि मन किन रुँदैन, मिर्मीमुनि काली थुनेको, ढुंगेधारामा, झिलमिल सितारा, देउरालीमा धजा' लगायत गीत चर्चित छन्।