गायक प्रमोद खरेल अमेरिकामा हजारौं दर्शकमाझ गुञ्जिएका छन्।
गत शनिबार टेक्सासस्थित डालसमा आयोजित 'मोमो फेस्टिभल' मा उनले दर्शकको भव्य साथ पाए।
प्रमोदले आफ्ना हिट गीत गाएर दर्शकलाई मनोरञ्जन दिए। आयोजकका अनुसार फेस्टिभलमा १२ हजार बढी टिकट बिक्री भएको थियो।
दसैं तिहारको अवसर पारेर प्रत्येक वर्ष हुँदै आएको 'मोमो फेस्टिभल' मा मम लगायत नेपाली खानाका स्टल रहने गरेका छन्।
प्रमोद खरेल एक महिनादेखि म्युजिकल टुरको सिलसिलामा अमेरिकामा छन्।
'थ्री इ इन्टरटेन्मेट' को व्यवस्थापनमा आयोजित 'प्रमोद खरेल युएसए टुर’ अक्टोबर ५ मा भर्जिनियाबाट सुरू भएको थियो। अमेरिका यात्रामा प्रमोदले एउटा गीत समेत रेकर्ड गरेका छन्।
उनी बाँकी कन्सर्ट सकेर दुई सातापछि स्वदेश फर्किनेछन्।


