गायक पुष्पन प्रधानले काठमाडौंमा फरक खालको सांगीतिक कन्सर्ट गरेका छन्। 'पन्छी: कथा भन्ने, गाउने' शीर्षकमा सोमबार साँझ मण्डला थिएटरमा आयोजित कन्सर्टमा उनले आफ्नो 'पुष्पन अनि सारथि' ब्याण्डका साथ थुप्रै गीतमा प्रस्तुति दिए।
खचाखच दर्शकमाझ भएको कन्सर्टमा पुष्पनले गीतभित्रका कथाहरू सुनाउँदै फरक तरिकाले गीत प्रस्तुत गरे।
बाबुको जुँगो, कमाने आमा, पन्छी, ठुल्दाजु लगायतका गीत सुनाए। गीतकार श्रवण मुकारूङको 'सुन रे सियाराम', कुमार नगरकोटीको 'ओ फकिरा' पनि पुष्पनले गाए।
कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूको बाक्लो उपस्थिति थियो।
पुष्पनले करिअरमा पहिलो पटक यस किसिमको कार्यक्रम गर्न पाएको भन्दै खुशी व्यक्त गरे।
तस्बिरहरू: पुष्पन अनि सारथिको फेसबुक पेजबाट