पुष्पा जोशी यौन तथा प्रजनन स्वास्थ्य अधिकार, विस्तृत यौन शिक्षा, लैंगिक समानत र सुरक्षित गर्भपतन अधिकार जस्ता मुद्दाहरूमा वकालत गर्छिन्।
उनी 'योशन' नामक युवा महिलाहरूको संस्थाक सहसंस्थापक पनि हुन्। यो संस्थाले यौन तथा प्रजनन स्वास्थ्य अधिकारका लागि काम गर्छ।
पुष्पाले सामाजिक परिवर्तनको अभियानमा फोटोग्राफी र फिल्म निर्माण पनि सारथि बनाएकी छन्। उनी आफ्ना दृश्य कथाहरूमा महत्त्वपूर्ण सामाजिक मुद्दाहरू समावेश गर्छिन्।
केही समयअघि पुष्पाले 'बियोन्ड द क्लिनिक वाल्स' (क्लिनिकका पर्खालभित्रका कथाहरू) शीर्षकमा फोटो-कथा तयार पारेकी छन्।
उनको यो फोटो-कथा भ्वाइसेस अफ विमेन मिडिया संस्थाको 'शी इज द स्टोरी' कार्यक्रमको सहजीकरणमा तयार भएको हो। संस्थाले १३ जना महिला फोटोग्राफरहरूले तयार पारेको फोटो-कथाहरू समेटेर किताब पनि प्रकाशन गरेको छ।
पुष्पाको फोटो-कथा 'बियोन्ड द क्लिनिक वाल्स' नर्स शशिकला पोखरेलको काम र उनका सेवाग्राहीको अनुभवमा आधारित छ।
५७ वर्षीय शशिकला तीन दशकभन्दा धेरै समयदेखि सुरक्षित गर्भपतन सेवा दिंदै आएकी नर्स हुन्।
शशिकलासँग विभिन्न पृष्ठभूमिका महिलाहरू सुरक्षित गर्भपतन सेवा लिन आउँछन्। हरेक महिला आशा, डर र अनिश्चितताहरू बोकेर क्लिनिकमा आइपुग्ने उनी बताउँछिन्।
जस्तोसुकै मुस्किल भावना बोकेर आएका भए पनि शशिकला उनीहरूलाई ढाडस दिन्छिन्। आफ्नो मुस्कान भरिएको मायालु शब्दहरूले भरोसा दिलाउँछिन्।
'गर्भपतनको कानुनी मान्यता र सुरक्षित गर्भपतन सेवाहरूको उपलब्धताको बाबजुद गर्भपतन सम्बन्धी व्यापक लान्छना कायम नै छ,' उनी भन्छिन्, 'यसकै परिणाम स्वरूप असुरक्षित गर्भपतन अभ्यासहरू र महिलाहरूको शारीरिक स्वायत्तताको अधिकार उल्लंघन भइरहेका छन्। यसले गर्दा महिलाहरूलाई सुरक्षित गर्भपतन प्रक्रिया र सेवामा पहुँच पुग्न चुनौती थपिएको र खतरनाक विकल्प रोज्न बाध्य भएका छन्।'
त्यस्तै गर्भपतनप्रतिको सामाजिक मनोवृत्तिले गर्भपतन सेवा खोज्ने महिलाहरूले सीमान्तीकरण र भेदभाव भोग्नुपरेको पनि भएको उनी बताउँछिन्।
हेर्नुहोस् शशिकलाको कामको फोटो-कथाः
यी पनि हेर्नुहोस्ः