सुन्दर जोशीको दोस्रो कथा संग्रह 'अर्मानी लगाउने भाइ' सार्वजनिक भएको छ।
सोमबार ललितपुरमा एक कार्यक्रम गर्दै कथा संग्रह सार्वजनिक गरिएको हो। समारोहमा समाजशास्त्री गणेश गुरुङ, कविद्वय मञ्जुल र तुलसी दिवस, आख्यानकार नयनराज पाण्डे, फिल्म निर्देशकद्वय नवीन सुब्बा र प्रकाश सायमी, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, लेखक वासु श्रेष्ठले लोकार्पण गरे।
कथाकार जोशीले १२ वर्षको अन्तरालमा भए पनि दोस्रो कृति ल्याउन पाउँदा खुसी लागेको बताए। उनको यसअघि 'क्यासल रककी अप्सरा' कथाकृति प्रकाशित भएको थियो।
समारोहमा लेखकहरू गणेश रसिक, श्रीओम श्रेष्ठ रोदन, दिव्य गिरी, प्रद्युम्न जोशी, सुस्मिता नेपाल, कुमार नगरकोटी, प्रकाश सुवेदी, विमल भौकाजी, संगीतकर्मीहरू आभास, न्ह्यू बज्राचार्य, योगेश्वर अमात्य, वाणिका प्रधानको समेत उपस्थिति थियो।
भुँडी पुराणले प्रकाशन गरेको 'अर्मानी लगाउने भाइ' मा नौ वटा कथा छन्।