भारतीय अभिनेता रणवीर सिंह, अक्षय खन्ना लगायतको अभिनय रहेको फिल्म 'धुरन्धर' ले तेस्रो सातामा पनि राम्रो कमाइ गरिरहेको छ। रिलिजको २० औं दिनसम्म आइपुग्दा यसको विश्वव्यापी कमाइ ९ सय ३५ करोड भारूभन्दा माथि पुगेको जनाइएको छ।
अब 'धुरन्धर' भारतीय फिल्मको इतिहासमा विश्वव्यापी रूपमा सबभन्दा धेरै कमाइ गर्ने शीर्ष १० फिल्मको सूचीमा परेको भारतीय संचारमाध्यमले जनाएका छन्।
पछिल्लो रिपोर्टअनुसार फिल्मले भारतमा मात्रै ६ सय ७ करोड भारूभन्दा माथि नेट कमाइ गरिसकेको छ। आदित्य धर निर्देशित जासूस–एक्सन 'धुरन्धर' ले यसअघि शीर्ष स्थानमा रहेका 'बजरंगी भाइजान', 'एनिमल' जस्ता फिल्मको विश्वव्यापी कमाइलाई समेत उछिन्दै नयाँ रेकर्ड बनाएको हो।
अब फिल्म 'दंगल', 'बाहुबली २', 'आरआरआर', 'जवान' र 'पठान' जस्ता मेगाहिट फिल्महरूको सूचीमा सामेल भएको छ।
यी हुन् विश्वव्यापी बक्स अफिसमा धेरै कमाउने शीर्ष १० भारतीय फिल्म
दंगल– २०७०.३ करोड भारू
पुष्पा २ः द रूल– १८७१ करोड भारू
बाहुबली २– १७८८. ०६ करोड भारू
आरआरआर– १२३० करोड भारू
केजीएफः च्याप्टर २– १२१५ करोड भारू
जवान– ११६० करोड भारू
पठान–१०५५ करोड भारू
कल्कीः २८९८ एडी– १०४२. २५ करोड भारू
धुरन्धर– ९३५ करोड भारू
बजरंगी भाइजान– ९२२. १७ करोड भारू