हलिउड फिल्म 'द लायन किङ' को प्रिक्वेल 'मुफासा: द लायन किङ' को हिन्दी ट्रेलर सार्वजनिक भएको छ।
बुधबार वाल्ट डिज्नी स्टुडियो इन्डिया युट्युब च्यानलमार्फत फिल्मको हिन्दी ट्रेलर सार्वजनिक गरिएको हो। हिन्दी संस्करणमा शाहरूख खानले मुफासाको लागि आवाज दिएका छन् भने आर्यन खानले सिम्बाको लागि आवाज दिएका छन्। त्यस्तै मुफासाको बाल्यकालको आवाज अबराम खानले दिएका छन्।
बेरी जेनकिन्सले निर्देशन गरेको फिल्ममा मुफासा र उनका भाइ स्कारको सम्बन्धमा आउने परिवर्तनलाई देखाइएको छ। उनीहरू कसरी एकअर्काको दुश्मन बन्छन् भनेर देखाइएको छ।
यो फिल्म २० डिसेम्बरदेखि प्रदर्शन हुनेछ। फिल्म अंग्रेजी बाहेक हिन्दी, तमिल र तेलुगू भाषामा रिलिज हुनेछ।