भारतको पूर्वोत्तर राज्य मणिपुरमा २० वर्षपछि हिन्दी फिल्म देखाइएको छ।
भारतको स्वतन्त्रता दिवसको अवसर पारेर मंगलबार चुराचान्दपुरस्थित एक ओपन थिएटरमा विक्की कौशल अभिनीत फिल्म 'उरी: द सर्जिकल स्ट्राइक' देखाइएको हो। उक्त फिल्म आदिवासी संगठन हमार स्टुडेन्टस एसोसिएशन (एचएसए) ले प्रदर्शन गरेको हो।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार फिल्म प्रदर्शनअघि थिएटरमा राष्ट्र गान बजाइएको थियो।
मणिपुरमा रिभोल्युसनरी पिपुल्स फ्रन्ट (आरपिएफ) ले सन् २००० मा हिन्दी फिल्ममाथि प्रतिबन्ध लगाएको थियो। प्रतिबन्द लगाएको दुई वर्षपछि आरपिएफले करिब आठ हजार हिन्दी भिडिओ-अडिओ क्यासेट जलाएको थियो।
हिन्दी फिल्म प्रतिबन्ध गर्नूअघि सन् १९९८ मा फिल्म 'कुछ कुछ होता है' देखाइएको थियो।