हलिउड फिल्म 'बार्बी' ले विश्वभर राम्रो कमाइ गरिरहेको छ।
अमेरिकी सञ्चारमाध्यम द हलिउड रिपोर्टरका अनुसार फिल्मले १७ औं दिनमा १.०३ अर्ब डलर कमाएको छ। योसँगै फिल्म एक अर्ब डलर क्लबमा समावेश भएको छ।
सन् २०२३ मा एक अर्ब डलर कमाउने यो दोस्रो फिल्म हो। यसअघि फिल्म 'द सुपर मारियो ब्रोज' ले अर्ब डलर कमाएको थियो।
२१ जुलाईमा यो फिल्म 'ओपेनहाइमर' सँग रिलिज भएको थियो। त्यतिबेला दुवै फिल्मको उतिकै चर्चा थियो। 'ओपेनहाइमर' लाई पछि पार्दै 'बार्बी' ले एक अर्ब डलर कमाएको हो।
'बार्बी' ले बक्स अफिसमा नयाँ-नयाँ रेकर्ड बनाइरहेको छ। यो महिलाले निर्देशनको एक अर्ब डलर कमाउने पहिलो फिल्म हो। फिल्मलाई ग्रेटा गर्विगले निर्देशन गरेकी हुन्।
त्यस्तै 'बार्बी' सन् २०२३ मा १७ दिनमा सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बनेको छ।
फिल्ममा मार्गट रोबी, रायन गोस्लिङ, एमा म्याकीलगायत कलाकारको अभिनय छ। यो कमेडी र एडभेन्चर जनराको फिल्म हो।