बलिउड अभिनेता रणवीर सिंह र आलिया भट्ट अभिनीत फिल्म 'रकी और रानीकी प्रेम कहानी' ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।
जुलाई २८ अर्थात साउन १२ गतेदेखि प्रदर्शन भइरहेको फिल्मले आइतबार १३ करोड ५० लाख भारू कमाउँदै सय करोड क्लबमा समावेश भएको हो। भारतसँगै फिल्मले अन्य देशमा पनि राम्रो व्यापार गरिहेको छ।
हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले १० दिनमा १०५ करोड ८ लाख भारू कमाएको छ।
११ करोड १० लाख भारूमा ओपनिङ गरेको फिल्मले दोस्रो दिन १६ करोड ५ लाख, तेस्रो दिन १८ करोड ७५ लाख, चौथो दिन ७ करोड २ लाख, पाँचौं दिन ७ करोड ३० लाख, छठौं दिन ६ करोड ९० लाख, सातौं दिन ६ करोड २१ लाख, आठौं दिन ६ करोड ७५, नवौं दिन ११ करोड ५० लाख र दशौं दिन १३ करोड ५० लाख भारू कमाएको हो।
यो फिल्मले विश्वभरबाट २०९ करोड ५० लाख कमाएको छ। फिल्मको बजेट १६० करोड बताइएको छ।
करण जोहरले निर्देशन गरेको फिल्ममा रणवीर र आलियासँगै धर्मेन्द्र, जया बच्चन र शबाना आजमीको मुख्य भूमिका छ। यस फिल्ममार्फत करणले ७ वर्षपछि निर्देशनमा कमब्याक गरेका हुन्। यसअघि उनले 'ए दिल हे मुस्किल' निर्देशन गरेका थिए।
हिरोयश जोहर, करण जोहर र अपूर्भा मेहताको लगानी रहेको फिल्मको कथा इशिता मौत्रा, शशांक खेतान र सुमित रायले मिलेर लेखेका हुन्।