बलिउड अभिनेता अक्षय कुमार अभिनीत फिल्म 'ओ माइ गड २' को २७ दृश्य परिमार्जन गर्दै सेन्सर पास भएको छ।
यसअघि फिल्मको २० दृश्य हटाउन भारतीय फिल्म सेन्सर बोर्डले सुझाव दिएको थियो। तर कुनै दृश्य नहटाई एडल्ड सेर्टिफिकेट दिइएको छ।
फिल्ममा अडिओ र भिडिओ दुवै परिमार्जन गर्नुपर्ने बताइएको छ। साथै फिल्ममा अक्षय कुमारलाई भगवान शिवको ठाउँमा भगवान शिवको सन्देशवाहकको रूपमा देखाइने छ।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार निर्माताहरू फिल्मको १४ दृश्य परिर्माजन गर्न सहमत भएका छन्। अन्य दृश्य परिवर्तन नगर्नुको कारण खुलाउदै सेन्सर बोर्डलाई निर्माण टिमले पत्र बुझाउनु पर्नेछ।
अमित राय लिखित तथा निर्देशित फिल्ममा अक्षयसँगै पंकज त्रिपाठी र यामी गौतमको मुख्य भूमिका छ।
यो फिल्म अगस्ट ११ देखि प्रदर्शन हुँदैछ। यहि मितिमा सनी देओल र अमीषा पटेलको फिल्म ‘गदर २’ पनि प्रदर्शन हुनेछ।
सन् २०१२ मा प्रदर्शन भएको फिल्म ‘ओ माइ गड’ बक्स अफिसमा हिट भएको थियो। फिल्ममा परेश रावलले भगवानलाई अदालतमा मुद्दा हालेका थिए।