भारतीय फिल्म सेन्सर बोर्डले बलिउड अभिनेता अक्षय कुमार अभिनीत फिल्म 'ओ माइ गड २' को प्रदर्शनमा रोक लगाएको छ।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार बोर्डले फिल्मलाई समीक्षा समितिमा पठाएको छ। समीक्षा समितिले विचार गरेपछि फिल्म प्रदर्शनबारे तय गरिने बताइएको छ।
यसअघि 'आदिपुरुष' ले धार्मिक भावनामा ठेस पुर्याएको भन्दै विवाद भएको थियो। यसैलाई मध्यनजर गर्दै सो निर्णय गरेको सेन्सर बोर्डले जनाएको छ।
११ जुलाईमा फिल्मको टिजर सार्वजनिक गरिएको थियो। सार्वजनिक टिजरमा पंकज त्रिपाठीलाई आस्तिक र अक्षय कुमारलाई भगवान शिवको रूपमा प्रस्तुत गरिएको छ।
अमित राय लिखित तथा निर्देशित फिल्ममा अक्षय र पंकजसँगै यामी गौतमको मुख्य भूमिका छ।
यो फिल्म अगस्ट ११ देखि प्रदर्शन हुँदैछ। यहि मितिमा सनी देओल र अमीषा पटेलको फिल्म 'गदर २' पनि प्रदर्शन हुनेछ।
सन् २०१२ मा प्रदर्शन भएको फिल्म 'ओ माइ गड' बक्स अफिसमा हिट भएको थियो। फिल्ममा परेश रावलले भगवानलाई अदालतमा मुद्दा हालेका थिए।