बलिउड निर्देशक तथा अभिनेता फरहान अख्तरको फिल्म 'जी ले जरा' को घोषणा गरेसँगै चर्चामा छ।
यस फिल्ममा अभिनेत्री प्रियंका चोपडा, कट्रीना कैफ र आलिया भट्ट एकसाथ देखिने बताइएको थियो। तर प्रियंका र कट्रीनाले फिल्म छाडेका छन्।
लामो समयसम्म फिल्म नबनेपछि उनीहरूले फिल्म छाडेका हुन्। भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार प्रियंका र कट्रीनाको ठाउँमा अनुष्का शर्मा र कियारा आडवानीलाई लिने निर्माण टिमको योजना छ।
यो फिल्म बनाउने योजना प्रियंका, फरहान र जोया अख्तरको थियो। आफ्नो हलिउड प्रोजेक्टका कारण प्रियंकाले 'जी ले जरा' लाई समय दिन नसक्ने बताएकी छन्।
यो फिल्मको छायांकन सन् २०२४ मा हुने बताइएको छ। आगामी वर्ष आलिया नितेश तिवारीको फिल्म 'रामायण' र 'बैजू बावरा' को छायांकनमा व्यस्त हुनेछिन्। आलियालाई पनि 'जी ले जरा' लाई समय मिलाउन चुनौति देखिएको छ।
यो फिल्म 'जिन्दगी ना मिलेगी दोबारा' जस्तै युवतीहरूको रोड ट्रिपमा आधारित हुनेछ।