भारतीय निर्देशक सञ्जयलीला भन्साली नयाँ फिल्म बनाउने तयारी छन्।
उनले कवि तथा गीतकार साहिर लुधियानवीको बायोपिक फिल्म बनाउने लागेका हुन्। फिल्मका लागि उनले अभिषेक बच्चनलाई अनुबन्ध गराएका छन्। फिल्ममा अभिषेक कवि साहिरको भूमिकामा देखिनेछन्।
यसअघि फिल्ममा फरहान अख्तर देखिने चर्चा थियो। भारतीय सञ्चारमाध्यम फिल्म फेयरका अनुसार अभिषेकले फिल्म साइन गरिसकेका छन्।
'साहिरको विकल्पमा अभिषेकबाहेक अन्य कलाकार हुनसक्दैन,' निर्देशक भन्सालीले भने।
यो फिल्ममा प्रियंका चोपडाको पनि मुख्य भूमिका रहने बताएको छ। तर केही समयअघि प्रियंकाले अभिषेकको ठाउँमा अन्य कलाकार भए मात्रै फिल्म खेल्ने बताएकी थिइन्। त्यतिबेला फिल्ममा इरफान वा फरहान अख्तर देखिने चर्चा चलेको थियो। अब यस फिल्ममा अभिषेक बच्चन देखिने पक्का भइसकेको छ।
यो फिल्मको छायांकन सन् २०२३ को अन्तिमबाट सुरू गरिनेछ।
अभिषेक पछिल्लो समय फिल्म 'दसवीं' मा देखिएका थिए। फिल्ममा एक राजनीतिज्ञले कक्षा १० पास गर्नका निम्ति गरेको संघर्षलाई फिल्ममा रोचक तरिकाले प्रस्तुत गरिएको छ।
तुसार जलोटाको निर्देशनमा बनेको फिल्ममा अभिषेकसँगै यामी गौतम र नम्रता कौर मुख्य भूमिका थिए। यो फिल्म गतवर्ष ओटिटी प्लेटफर्म नेटफ्लिक्समा प्रदर्शन भएको थियो।