बलिउड अभिनेता विक्की कौशल र सारा अली खान अभिनीत फिल्म 'जरा हटके जरा बचके' घरेलु बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।
बलिउड फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले दुई दिनमा १२ करोड ६९ लाख भारू कमाइ गरेको छ। ५ करोड ४९ लाखमा ओपनिङ गरेको फिल्मले दोस्रो दिन ७ करोड २० लाख कमाएको छ।
यो रोमान्टिक कमेडी फिल्म हो। फिल्ममा विक्की र सारा श्रीमान-श्रीमतीको भूमिकामा देखिएका छन्। जो सम्बन्ध विच्छेद गर्न चाहन्छन्।
लक्ष्मण उतेकरले निर्देशन गरेको फिल्ममा दिनेश भिजान र ज्योति देशपाण्डेको लगानी छ। फिल्मको कथा मैत्री बाजपाई, रामिज इहाम खान र लक्ष्मण उतेकरले तयार पारेका हुन्। यो फिल्मलाई मनिष प्रधानले सम्पादन गरेका हुन्।
यो फिल्ममार्फत सारा र विक्की पहिलो पटक एकसाथ देखिएका छन्।