बलिउड अभिनेता मनोज बाजपेयीको फिल्म 'सिर्फ एक बन्दा काफी है' ले सामाजिक सञ्जालमा चर्चा बटुलिरहेको छ।
फिल्मको चर्चा भएसँगै ओटिटीमा प्रदर्शन भएको फिल्म हलमा प्रदर्शन गर्ने तयारी गरिएको छ। यो फिल्म ओटिटी प्लेटफर्म जिफाइभमा प्रदर्शन भएको थियो।
भारतीय सञ्चारमाध्य नवभारत टाइम्सका अनुसार यो भारतमा ओटिटीपछि हलमा प्रदर्शन हुने पहिलो फिल्म हुनेछ।
'हलमा प्रदर्शन गर्न जिफाइभ र वितरकबीच कुराकानी भइरहेको छ। यसको निर्णय उहाँहरूको हातमा छ,' फिल्मका निर्देशक अपूर्व सिंह कार्कीले भनेका छन्।
अपूर्व सिंह कार्कीले निर्देशन गरेको फिल्म आफूलाई साधु दाबी गर्ने आशाराम बापुको जीवनी प्रेरित छ। फिल्ममा मनोज बाजपेयीले वकिलको भूमिका निर्वाह गरेका छन्। फिल्मको कथा दीपक किन्गरानीले तयार पारेका हुन्।
यो फिल्म २३ मेमा प्रदर्शन भएको थियो।