भारतीय निर्देशक अनुराग कश्यपले आफ्नो फिल्म 'केनेडी' मा अभिनेत्री सनी लियोनीलाई लिनुको कारण खुलाएका छन्।
यो फिल्म हालै कान्स फिल्म फेस्टिभलमा प्रदर्शन गरिएको थियो। फिल्मले कान्स फिल्म फेस्टिभलमा तारिफ बटुल्नुकाे साथै सात मिनेट 'स्ट्यान्डिङ ओभेसन' पाएको थियो।
उनले कान्समा सञ्चारमाध्यमसँग कुराकानी गर्दै भने, 'मैले कहिलै सनीको फिल्म हेरेको छैन। तर उनको अन्तर्वार्ता हेरिरहेको हुन्थे। उनको आँखामा एक प्रकारको उदासी छ। हामी यो फिल्मको लागि ४० वर्ष माथिको महिला खोज्दै थियौं। जसलाई ५०/६० वर्षका पुरुषले यौन शोषण गरिरहन्छन्। सनीमा मैले एउटा महिला भेटाएँ जो यी सबै चीजहरू आफू भित्रै लिएर आएकी थिइन्।'
सनीले आफूले फिल्मको लागि अडिसन दिँदा उत्साहित भएको बताइन्। फिल्ममा उनले चार्लीको भूमिका निर्वाह गरेकी छन्।
'फिल्मको लागि निकै मिहेनत गरेकी छु। कान्समा पाएको प्रतिक्रियाले उत्साहित छु,' उनले भनिन्।