भारतीय अभिनेता अनुपम खेर फिल्म छायांकनको क्रममा घाइते भएका छन्।
उनी फिल्म 'विजय ६९' को सेटमा घाइते भएका हुन्। छायांकन सेटमा घाइते भएपछि उनी घरमा आराम गरिरहेका छन्।
उनले आफू घाइते भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका हुन्।
'तपाईं स्पोर्टस फिल्म खेल्नुस् र घाइते नहुनु!! यस्तो कसरी हुन्छ? हिजो विजय ६९ को छायांकनको क्रममा काँधमा चोट लाग्यो। दुखिरहेको छ तर स्लिङवालाले शाहरूख खान र ऋतिक रोशनको काँधमा पनि स्लिङ लगाएको थिए भनेपछि दुखाइ कम महसुस गरिरहेको छु,' उनले एक तस्बिर सेयर गर्दै लेखेका छन्।
फिल्ममा उनको मुख्य भूमिका छ। फिल्ममा ६९ वर्षको व्यक्तिको कथा देखाइने छ। जो ट्रायथलन प्रतियोगितामा सहभागी हुन्छन्।