बलिउड अभिनेता सलमान खानकी बहिनी अर्पिता खान शर्माको घरमा चोरी भएको छ।
उनको घरबाट ५ लाख भारूको गहना चोरी भएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करमा उल्लेख छ। गहना चोरी भएपछि अर्पिताले खार प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्। छानबिनको क्रममा प्रहरीले उनकै घरमा काम गर्ने सन्दिप हेगडेलाई पक्राउ गरेको छ।
सन्दिपले १६ मेमा ५ लाख पर्ने हिराको झम्का चोरेका थिए। प्रहरीले उक्त रात नै सन्दिपको घरबाट झुम्का बरामद गरेको हो।
सन्दिप अर्पिताको घरमा ४ महिनादेखि काम गरिरहेका थिए। सन्दिप बाहेक अर्पिताको घरमा अन्य ११ जना पनि काम गर्छन्।
अर्पितालाई सलीम खानले धर्मपुत्री बनाएका हुन्। सलीम खानले हेलनसँग दाेस्राे विवाह गरेपछि अर्पितालाई धर्मपुत्री बनाएका थिए।