भारतीय निर्देशक एसएस राजामौली पछिल्लो समय फिल्म 'आरआरआर' लाई लिएर चर्चामा छन्। यो फिल्मको 'नाटु नाटु' गीतले मौलिक विधामा अस्कर अवार्ड जितेसँगै उनको चर्चा चुलिएको छ।
दर्शकहरू उनको आगामी फिल्म कुन हुन्छ भनेर प्रतीक्षा गरिरहेका छन्। भारतीय सञ्चारमाध्यम न्युज १८ का अनुसार उनी 'महाभारत' मा आधारित फिल्मको तयारीमा छन्।
उनले एक अन्तर्वार्तामा महाभारतमा आधारित फिल्म बनाउने बताएका हुन्।
'म अहिले महाभारत बनाउन पूरै तयार छैन। ४-५ वटा फिल्म बनाएपछि मात्रै महाभारतको काम सुरू गर्छु। म महाभारत आफ्नो तरिकाले बनाउँछु। यो फिल्मको लागि एक वर्ष अनुसन्धान गर्छु, त्यसपछि फिल्म बनाउँछु। यो मेरो ड्रिम प्रोजेक्ट हो। म यसलाई १० भागमा बनाउने योजनामा छु,' उनले भने।
हाल राजामौली महेश बाबुलाई लिएर फिल्म 'एसएसएमबी २९' बनाउने तयारीमा छन्। यो फिल्म पौराणिक कथामा आधारित हुनेछ।
अफ्रिकन जंगल एडभेन्चर यो फिल्मको स्क्रिप्ट तयार भइरहेको छ। यस वर्षको अन्तिममा फिल्म छायांकनमा जाने निर्माण टिमको तयारी छ। उक्त फिल्मको बजेट ५ सय करोड रहेको भारतीय मिडियामा उल्लेख छ।
निर्देशक राजामौलीले महेशसँग पहिलो पटक काम गर्देछन्।