बलिउड अभिनेता सनी देओलका छोरा करण देओल विवाहको तयारीमा छन्।
भारतीय सञ्चारमाध्यम पिंकभिलाका अनुसार उनले दृशा रायसँग विवाह गर्न लागेका हुन्। उनीहरूको विवाह अर्काे महिना हुने बताइएको छ तर देओल परिवारले विवाहबारे केही बताएका छैनन्।
करण र दृशाको गतवर्ष नै इन्गेजमेन्ट भएको खबर बाहिरिएको थियो। करणको म्यानेजरले उक्त खबर झुटो भएको बताएका थिए।
‘करण र दृशाको इन्गेमेन्टको खबर झुटो हो। उनीहरू बाल्यकालका साथी हुन्,’ उनले भनेका थिए।
दृशा फिल्मकर्मी विमल रायकी नातिनी हुन्। विमलले ‘बीघा जमीन, परिणीता, देवदास, सुजाता, बन्दिनी’ जस्ता फिल्म बनाएका थिए।
करणले ‘पल पल दिलके पास’ बाट बलिउड फिल्ममा डेब्यू गरेका हुन्। उनी आगामी फिल्म ‘आपने २’ मा देखिनेछन्। यो फिल्ममा करणसँगै सनी देओल, धमेन्द्र देओल र बबी देओलको मुख्य भूमिका रहनेछ।