मणिरत्नम निर्देशित फिल्म 'पोन्नियिन सेल्वन- पिएस २' ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार फिल्मले विश्वव्यापी रूपमा ११० करोड भारू कमाएको छ।
शनिबार तमिल भाषामा २० करोड २६ लाख भारू कमाएको फिल्मले आइतबार २२ करोड ३९ लाख कमाएको छ। फिल्मले तमिल भाषामा दुई दिनमै ६१ करोड १७ लाख भारू कमाएको हो।
फिल्मले हिन्दी भाषामा ७ करोड भारू, मलयालममा ३ करोड ७३ लाख भारू, कन्नडमा ७ लाख भारू र तेलुगुमा ७ करोड ३७ लाख भारू कमाइ गरेको छ। घरेलु बक्स अफिसमा फिल्मले सबै भाषामा ७९ करोड ३४ लाख भारू कमाएको छ।
फिल्ममा ऐश्वर्या राय बच्चन, चियान विक्रम, जयराम रवि, सरथकुमार, तृषा, अश्विन काकुमानद, शोविता धुलिपल, प्रभुलगायत कलाकारको अभिनय छ। फिल्म १९५५ को कल्की कृष्णमूर्तिको उपन्यास ‘पोन्नियन सेल्वान’ आधारित छ।
यो फिल्म सन् २०२२ मा रिलिज भएको ‘पोन्नियिन सेलवन- पीएस १’ दोस्रो भाग हो। पहिलो भागले विश्वभरबाट ५ सय करोड कमाएको थियो।