बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यन खानले कपडाको ब्रान्ड लन्च गरेका छन्।
उनले आइतबार कपडाको ब्रान्ड ‘डि याभोल एक्स’ लन्च गरेका हुन्। यस ब्रान्डको लन्च गरेसँगै आर्यन ट्रोलको शिकार भएका छन्।
सामाजिक सञ्जाल प्रयोगकर्ताले उक्त टिर्शट किन्नका लागि एक मात्र होइन दुवै मृगौला बेच्नु पर्ने प्रतिक्रिया दिएका छन्।
‘खान साहब यदि मैले आफ्नो एक मृगौला बेचे भने पनि केही हासिल हुँदैन। मैले आफ्नो दुवै मृगौला बेच्नुपर्छ,’ एक प्रयोगकर्ताले लेखेका छन्।
अर्का सामाजिक प्रयोगकर्ताले भनेका छन्, ‘लुगा निकै सस्तो छ। यो कपडा किन्न ऋण दिइनेछ।’
भारतीय सञ्चारमाध्यम इन्डिया टु डेका अनुसार एक टिर्शटको मृल्य २२ हजार भारूमाथि छ। एक हुडीको मुल्य ४५ हजार ५ सय भारू र एक ज्याकेटको मूल्य २ लाखमाथि तोकिएको छ।
आर्यन आफ्नो साथी बन्टी सिंह र लेटीसँग मिलेर भोड्का ब्रान्ड पनि लन्च गर्ने तयारीमा छन्।
भोड्का ब्रान्ड लन्च गरेपछि उनी स्पिरिट मार्केट बिस्तारमा लाग्ने बताइएको छ। यस प्रोजेक्टको लागि उनले स्लेब भेञ्चर्स नामको एक कम्पनी खोलेका छन्।
त्यस्तै आर्यन आफ्नै होम प्रोडक्सन रेड चिल्लीको फिल्म निर्देशन गर्ने तयारीमा पनि छन्।