यतिबेला भारतीय निर्देशक एसएस राजामौली आफ्नो फिल्म 'आरआरआर' को कारण चर्चामा छन्।
जुनियर एनटिआर र राम चरण अभिनीत फिल्मको 'नाटु नाटु' गीतले मौलिक विधामा अस्कर अवार्ड जितिसकेको छ। यसअघि अमेरिकामा फिल्मको गीतले गोल्डन ग्लोब अवार्ड पनि जितेको थियो।
यो फिल्मपछि निर्देशक राजामौली नयाँ फिल्मको तयारीमा छन्। भारतीय सञ्जारमाध्यम न्युज १८ का अनुसार फिल्म 'एसएसएमबी २९' पौराणिक कथामा आधारित हुनेछ।
राजामौलीले रामायण र महाभारतबाट प्रेरित भएर फिल्मको कथा तयार पारिरहेको छन्। फिल्ममा महेश बाबुको मुख्य भूमिका रहनेछ। उनको भूमिका हनुमानबाट प्रेरित हुनेछ।
अभिनेता महेश बाबुको भूमिका हनुमानबाट प्रेरित हुने खबर बाहिरिएसँगै उनका फ्यानले हनुमानको पोसाकमा तस्बिर सार्वजनिक गरिरहेका छन्।
अफ्रिकन जंगल एडभेन्चर फिल्मको स्क्रिप्ट तयार भइरहेको छ। यसवर्षको अन्तिममा फिल्म छायांकनमा जाने निर्माण टिमको तयारी छ।
उक्त फिल्मको बजेट ५ सय करोड रहेको भारतीय मिडियामा उल्लेख छ।
निर्देशक राजामौलीले महेशसँग पहिलो पटक काम गर्देछन्।