तमिल सुपरस्टार सूर्याले आफ्ना निर्देशक विज्ञनेश सिभनलाई नयाँ कार उपहार दिएका छन्। उनले हालै ती निर्देशकसँग बलिउडको हिट फिल्म 'सपेसल २६'को तमिल रिमेकमा काम गरेका थिए। फिल्मलाई राम्ररी समापन गरेकोमा निर्देशकको कामबाट प्रभावित भएका सूर्याले कार उपहार दिएका हुन्।
उनीहरूले सँगै काम गरेका निर्देशकलाई कार उपहार दिएको तेस्रो अवसर हो। यसअघि 'सीघम ३'को सफलतापछि सो फिल्मका निर्देशक हरिलाई पनि कार उपहार दिएका थिए। त्यस्तै उनले 'पसंग २'का निर्देशकलाई पनि कार उपहार दिएका थिए।