भलै सलमान र शाहरूख खान बलिउडका ठूला स्टार हुन्। बक्स अफिसमा उनीहरूको आँकडा ठूला भए पनि भित्रैदेकी दर्शकको मन जित्ने मामिलामा उनीहरूका फिल्म असफल रहँदै आएका छन्। सन् २०१७ पनि फिल्मको कोणबाट दनीहरूको वर्ष होइन। सलमान र शाहरुखको अभिनयबाट बलिउडको विश्लेषण हुन सक्दैन्। गएको वर्ष अरू दुई अभिनेतालाई नै यसको श्रेय जान्छ। साल २०१७ इरफान खान र राजकुमार रावको हो।
एकातीर इरफानले आफूलाई 'खान' ग्याङबाट अछुतो राख्न आज सम्म सफल रहिरहेका छन् भने अर्कातीर राजकुमारले विस्तारै बलिउडमा आफ्नो सफलताको सिढि चढ्दै आफ्नो बेग्ले स्थान बनाइरहेका छन्। साल २०१७ त्यसमानेमा पनि उनीहरूको पक्षमा रहन गयो। यी दुबै स्टारका फिल्म सानो बजेटमा तयार हुन्छन र कमाइ पनि त्यही अनुपातमा गर्छन्। आफ्ना प्रत्येक फिल्मबाट उनीहरू आफ्नो गुणस्तरलाई कायम राख्दै, राम्रा काम गर्दै बलिउडमा आफ्नो उपस्थितिलाई महत्वपूर्ण बनाइरहेका छन्।
२०१७ मा राज कुमार रावोका पाँच फिल्म रिलिज भए। ती फिल्मबाट उनले आफ्नो दायरालाई अझ फराकिलो बनाउने काम गरे। उनले कलाकार नभई फिल्ममा कन्टेन्ट हिरो हुने देखाउँदै ती फिल्ममा आफ्नो उत्कृष्ट कलाकारितालाई चम्काउने काम गरेका छन्। उनी विगत केहि वर्षदेखी ने बलिउडमा घुमिरहेका थिए। यस अवधिमा उनले 'एलएसडी', शहिद, काइ पोचे, अलिगड तथा ग्याण्स अफ वासेपुर जस्ता फिल्मबाट आफ्नो अभिनय क्षमताको दक्षता प्रमाणित गरिसकेका थिए। २०१७ अगाडी उनको क्षमताका बारेमा कसैलाई शंका थिएन, उनी सबे किसिमको प्रसंसाको हकदार थिए तर गएको वर्षले उनको त्यो विशेषतामा 'चार चाँद' लगाउने काम गर्यो।
यो वर्ष उनले आफ्नो आजसम्मकै उत्कृष्ट काम प्रस्तुत गरे। 'ट्र्याप्ड', 'बरेलीकी वर्फी', 'बेहेन होगी तेरी', 'शादीमे जरूर आना', 'न्यूटन', 'राब्ता' तथा वेब सिरिज 'बोस: डेड/अलाईभ'मा उनले गरेको अभिनयले दर्शकहरूको राम्रो फिल्म र हभिनय कौशल हेर्ने चाहानालाई परिपूर्ति गर्यो। यसले स्टार भन्दा पनि गतिला कलाकारको आवश्यक्तालाई घनिभूत गर्ने काम गर्यो। यसरी बदलिएको परिस्थितिको श्रेय उनैलाई जान्छ।
उनले प्रत्येक फिल्ममा आफूलाई अलग बनाएर प्रस्तुत गरे। 'ट्र्याप्ड' र 'बोस'का लागि शारिरिक रूपमा राजकुमारले राम्रा बजेटका फिल्मका लागि गरिने जसरी नै आफूलाई परिवर्तन गरे। 'न्यूटन' भारतको आधिकारिक ओस्कार प्रतिष्पर्धिका रूपमा छनौट नभए पनि यस वर्षको गतिलो भारतीय फिल्मका रूपमा आफूलाई उभ्याउन भने सफल रह्यो । यसले आगामी दिनमा उनको भविष्य झने राम्रो हुने देखाएको छ।
राजकुमार जस्तै इरफानले ठूलो पर्दामा आफ्नो गुरूत्वाकर्षणलाई कायम राखे। ५० वर्षको उमेरमा इरफानले आफूले गर्दै आएका भूमिकामा आफुलाई व्यापक परिवर्तन गरेका छन्। साधारण मानिसका साधारण आवश्यक्ता र साधारण नै गल्ती गरिरहने पात्रहरूको भूमिकामा उनले ती पात्रहरूलाई जीवित पार्ने काम गरेका छन्। यस वर्ष हिट भएका उनका दूई फिल्म 'हिन्दी मिडियम' तथा 'करिब करिब सिङ्गल' फिल्म त्यसका उदाहरण हुन्। दुबै फिल्मले मानिसका दैनिकीमा घट्ने घटनालाई कथाका रूपमा पेस गरेका छन जसमा इरफानको अभिनयको सितारा चम्किएको छ। उनको यो शेलीले गर्दा दर्शकको प्रिय बनाउँदै आइरहेको छ।
इरफानले विगत दुई दशकदेखी बलिउडमा आफूलाई एउटा विविधताले भरिएको कलाकारको रूपमा स्थापित गरिसकेका छन्। 'मक्बुल', 'लाईफ इन अ मेट्रो', 'पान सिहं तोमार', 'दी लन्च वक्स', 'तलवार', तथा 'पिकु' उनलाई स्थापित गराउने केहि गतिला फिल्म हुन्। यी फिल्मले नयाँ पुस्ताका कलाकारलाई पनि एउटा ईर्ष्याका रूपमा उनलाई उभ्याउँदै आएको छ। 'हासिल' फिल्ममा खलनायक भएदेखी 'हिन्दी मिडियम'मा हिरो हुवदा सम्मको उनको अभिनय यात्रा एउटा बुल्नद उचाइमा पिगिसकेको छ।
परिवारवादबाट ग्रस्त बलिउडमा राजकुमार र इरफान दुबै बाहिरिया हुन् । उनीहरूले उद्योगमा स्थापित हुन कुने निर्माता बाबुआमाको जरूरत पर्दैन बरू दर्शकको मन जित्नुपर्छ भन्ने कुरालाई राम्रै गगरी स्थापित गराएका छन्। यो कुरा उनीहरूले गत वर्ष ज्यादा नै पाए भने यो वर्ष पनि पाउने नै छन्।