गीता केशरीको चौधौं उपन्यास ‘नयाँ अध्याय’ सार्वजनिक भएको छ।
भृकुटीमण्डपमा जारी पुस्तक मेलामा शनिबार समालोचक देवी नेपाल, कवि गीता त्रिपाठी, ज्ञानु पाण्डे, रामप्रसाद ज्ञवाली, राजेन्द्र सुवेदीलगायतले किताबको विमोचन गरेका थिए।
पुस्तकले तेस्रो लिंगी बालबालबालिकाको कथा भन्ने छ।
बालपात्र र तिनका अभिभावकहरूको मानसिक उतारचढाव, फरक क्रियाकलाप, अनौठा लक्षण र मनोवैज्ञानिक सन्दर्भ प्रस्तुत गरिएको पुस्तकलाई ऐरावती प्रकाशनले बजारमा ल्याएको हो।