समीर भट्ट अभिनीत फिल्म 'बलिदान' अमेरिकामा पनि एकसाथ रिलिज हुने भएको छ। त्यहाँका दुई सयभन्दा बढी हलहरूमा एक हजारभन्दा बढी शोसहित फिल्म प्रदर्शनमा आउने भएको निर्देशक सन्तोष सेनले जानकारी दिए।
असोज १३ गते दसैं फूलपातीदेखि फिल्म प्रदर्शनमा आउनेछ।
निर्देशक सेनका अनुसार पहिलोपटक नेपाली फिल्म अमेरिकाको सबभन्दा ठूलो सिनेमा चेन एएमसीमा प्रदर्शनमा आउन लागेको छ।
एएमसी मात्र नभई सिनेमार्क, मार्कस र रेगलजस्ता अन्य अमेरिकी सिनेमा चेनहरूमा समेत 'बलिदान' प्रदर्शन हुनेछ।
'बलिदान' मा समीरसहित सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी, सन्तोष सेन लगायतको अभिनय छ।
आशुसेन फिल्म्सको प्रस्तुतिमा पवन ब्राडफोर्ड बिस्ट निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा प्रेम पुरी छन्।