फिल्म 'जनै हराएको मान्छेः सम्बन्धका धागाहरू' को गीत सार्वजनिक भएको छ।
आइतबार सार्वजनिक 'मसुरीको दाना' बोलको गीतमा अञ्जु पन्त र एसडी योगीको स्वर छ। एसडी योगीको संगीत रहेको गीतका शब्द हर्क साउदले लेखेका हुन्।
भिडिओमा फिल्मका मुख्य कलाकारहरू विजय बराल, केकी अधिकारी, मिरूना मगर, गौरव पहारी लगायतलाई देख्न सकिन्छ।
सुनिल क्षेत्रीको कोरियोग्राफीमा भिडिओ बनेको हो। प्रेममा रहेका प्रेमिल जोडीहरूको कथा गीतमा छन्।
हिमाल न्यौपानेको निर्देशनमा बनेको फिल्म 'जनै हराएको मान्छेः सम्बन्धका धागाहरू' मा विजय, केकी, मिरूना र गौरवसहित सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगरलगायत कलाकारहरूको अभिनय छ।
भानुभक्त ढकालको कथा, पटकथा र संवादमा तयार भएको यो फिल्मलाई पेपरक्लिपको ब्यानरमा कमल न्यौपाने र विमल न्यौपानेले निर्माण गरेका हुन्। फिल्मको एसोसिएट निर्देशकमा मनिष राउत छन्। त्यस्तै, कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन्।
फिल्ममा साहिल खानको टिजर–ट्रेलर, भरत रेग्मीको सम्पादन, सुप्रिम पराजुलीको कलर, चुल्ठे काजीको एक्सन निर्देशन तथा लक्ष्मणराज पौडेलको निर्माण नियन्त्रण छ।
'जनै हराएको मान्छे: सम्बन्धका धागाहरू' को वितरणको जिम्मा गोविन्द शाहीको काफिया फिल्मसले लिएको छ। फिल्म भदौ ६ गतेदेखि प्रदर्शनमा आउनेछ।