अभिनेत्री सिम्रन पन्तले नयाँ फिल्म साइन गरेकी छन्।
चन्द्र पन्तको निर्देशनमा निर्माण हुन लागेको फिल्म 'आ बाट आमा' मा उनी अनुबन्धित भएकी हुन्। निर्माण टिमले उनलाई सोमबार अनुबन्ध गरेको हो। यस फिल्ममा उनले अभिनेता पल शाहसँग जोडी बाँधिनेछिन्।
टिकटकबाट चर्चामा आएकी सिम्रनले यसअघि फिल्म 'होस्टेल ३' मा अभिनय गरेकी थिइन्, जहाँ उनको अभिनयको प्रशंसा गरिएको थियो। 'आ बाट आमा' उनको दोस्रो फिल्म हुनेछ।
यो फिल्ममा यसअघि अभिनेत्री विपना थापासहित साथै तेलुगु, हिन्दी र तमिल फिल्मका चर्चित अभिनेता प्रदीप रावत अनुबन्ध भइसकेका छन्। अभिनेता रावत यसअघि चन्द्र पन्तकै निर्देशनमा बनेको फिल्म ‘ह्रस्वदीर्घ’ मा देखिएका थिए, जहाँ उनले अभिनेत्री नीता ढुंगानाका बुबाको भूमिकामा अभिनय गरेका थिए। नयाँ फिल्ममा उनले पल शाहको बुबाको भूमिका निर्वाह गर्नेछन्।
आर्या इन्टरटेन्टमेन्टको प्रस्तुतिमा निर्माण हुन लागेको यो फिल्म आउँदो भदौबाट छायांकनमा जाने तयारीमा छ।
फिल्म आगामी फागुन १५ गतेबाट प्रदर्शनमा ल्याउने घोषणा गरिएको छ।
