दर्शकमाझ चर्चित कमेडी टेलिभिजन शो 'कमेडी दरबार' मा कलाकार मनोज गजुरेल फर्किएका छन्।
चारवटा एपिसोडमा नदेखिएका उनले मंगलबार नयाँ एपिसोडको छायांकन गरे।
शोमा महाराजाको भूमिकामा रहेका उनी एक महिना लामो युरोप टुरमा थिए। त्यसबेला शोलाई एकदमै सम्झिएको र फर्किन पाउँदा खुसी लागेको मनोजले बताए।
मनोज नहुँदा उनको ठाउँमा फिल्म निर्देशक प्रदीप भट्टराईलाई ल्याइएको थियो।
'कमेडी दरबार' को मंगलबार छायांकन गरिएको एपिसोडमा टेलिसिरियल 'सक्किगोनि' का कलाकारहरू सागर लम्साल, हरिश निरौला, रक्षा श्रेष्ठ, प्रियना आचार्यलगायतका कलाकारहरूलाई अतिथि बनाइएको छ।
यो शोमा अभिनेत्री गौरी मल्ल महारानीको भूमिकामा देखिँदै आएकी छन्।
'कमेडी दरबार' लाई श्रद्धा प्रसाईं र विक्की अग्रवालले निर्देशन गर्दै आएका छन्। शोमा पर्फमरका रूपमा थुप्रै कलाकारहरूले प्रस्तुति दिँदै आएका छन्।