फिल्म 'हली' को प्रचारका लागि तयार पारिएको गीत 'चानस पाए त' युट्युबमा सार्वजनिक भएको छ।
शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक गीतमा बाबुल गिरी र शान्तिश्री परियारको स्वर छ। यसको भिडिओमा किरण केसी, दीपाश्री निरौला, प्रियंका कार्की, पूजा शर्मा, दीलिप रायमाझी, प्रमोद दीपलगायत कलाकारहरूको नृत्य तथा अभिनय छ।
बर्खे झरी र धान रापाईंको पृष्ठभूमिमा रहेर गीत र भिडिओ तयार गरिएको छ। समग्रमा भने गीतले मायाप्रेमको कुरा गर्छ।
गीतको शब्द रचना जस्मिन श्रेष्ठको हो। संगीत र एजेन्ज गायक बाबुल गिरीकै छ।
'हली' ओम प्रतीकको लेखन तथा निर्देशनमा बनेको फिल्म हो। शुभ चिरायु फिल्मले जपुरा फिल्मस् प्रोडक्सनसँगको सहकार्यमा प्रस्तुत गरेको 'हली' को निर्माता पुजा गुरूङ र जस्मिन श्रेष्ठ हुन्।
फिल्ममा प्रमोद दीप, सुजाता थापा, ओम प्रतीक, सरोज खनाल, अरूणा कार्की, अर्जुन गुरूङ, विद्या कार्कीलगायत कलाकारहरूको अभिनय छ।
बास्तविक जीवनका घटनाहरूबाट प्रेरित भनिएको यो फिल्मको प्रदर्शन मिति भने तय हुन बाँकी छ।
भिडिओः