बत्तीसपुतलीस्थित शिल्पी नाटकघरमा 'डल्ले खोला' नाटक प्रदर्शन भइरहेको छ। कथाकार परशु प्रधानको कथालाई नाटकका रूपमा रंगकर्मी वेदना राईले ल्याएकी हुन्।
हाल कक्षा ८ को नेपाली विषयमा पढाइ हुँदै आएको यो नाटकको परिकल्पना र निर्देशन राईले गरेकी हुन्। एक थिएटर नेपालको प्रस्तुति रहेको नाटकलाई सौजन सेनेहाङले निर्माण गरेका हुन्।
खोटाङ जिल्लाको डल्ले खोला नदीको कथालाई केन्द्रमा राखेर बनेको यो नाटकले तत्कालीन पञ्चायती व्यवस्थामा गाउँका जान्नेबुझ्नेहरूले नदीको नाममा गरेको भ्रष्टाचारको पाटोलाई उजागर गरेको छ।
नाटकमा उमेश सुनाम, रमिता राई, अमित मगर, रञ्जना नेपाली, रचना मगर, रेजिना राई, सोहाङ राई थुलुङ, स्वर्णिम चाम्लिङ, ओसिन गुरूङ, पुष्पाञ्जली चाम्लिङ लिम्बू, आकाश सुहाङ लिम्बू, अञ्जना थुलुङ राई, नुमा राई, प्रकृति थुलुङ राई, प्रिति चाम्लिङ राई, युगल श्रेष्ठ र सरोज खालिङ राईको अभिनय छ।
जेठ २९ देखि प्रदर्शनमा आएको यो नाटक असार १४ गतेसम्म मञ्चन हुनेछ।
















