शुक्रबारदेखि प्रदर्शनमा आउने दिनेश राउत निर्देशित फिल्म 'महाभोज' को सिनेमा हलहरूले अग्रिम टिकट बुकिङ खुलाएका छन्।
देशको सबभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले फिल्मको शो तालिका सार्वजनिक गर्दै बुकिङ खुलाएको छ।
वान सिनेमाज, एफक्युब सिनेमाज लगायतका मल्टिप्लेक्सले पनि बुकिङ खुलाइसकेको छ।
आईएनआई सिनेमान, बिग मुभिज लगायतका अन्य मल्टिप्लेक्सले पनि बुकिङ खुलाउने तयारी गरेका छन्।
'महाभोज' मा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरूङ, वसुन्धरा भुसाल, मोहन निरौला लगायतको प्रमुख अभिनय छ।
सहकारीको रकम अपचलनको कथावस्तुमा निर्माण गरिएको फिल्मको कथा विकास सुवेदीले लेखेका हुन्।
फिल्मले प्रिभ्यु प्रिमियरमा दर्शकबाट एकदमै सकारात्मक प्रतिक्रिया पाइसकेको छ। क्लक वर्क क्रियशन र पिक्चर्स फ्रेमको प्रस्तुति रहेको फिल्मको निर्माता हिमाल कड्रिया हुन्।
यसअघि यो फिल्म जेठ १५ देखि प्रदर्शनमा आउने तयारीमा थियो। देशको विषम परिस्थितिको कारण देखाउँदै त्यसबेला प्रदर्शन स्थगित गरिएको थियो।