अभिनेत्री उषा पौडेलले विवाह गरेकी छन्।
उनले अमेरिकामा आइतबार राहुल केसीसँग विवाह गरेकी हुन्। उनले गत वैशाख १५ मा राहुल केसीसँग कोर्ट म्यारिज गरेकी थिइन्। अहिले परम्परागत रूपमा विवाह गरेकी हुन्।
उनीहरूलाई सामाजिक सञ्जालमार्फत शुभकामनाको ओहिरो लागेको छ। अभिनेत्री अरूणिमा लम्सालले पनि फेसबुकमा तस्बिर सार्वजनिक गर्दै शुभकामना दिएकी छन्।
उषा टेलिशृंखलामा परिचित अभिनेत्री हुन्।
उषाका श्रीमान राहुल पनि अमेरिका बस्दै आएका छन्। उनी कलाकार तथा मोडल हुन्। राहुलले 'किसान, नागरिक' जस्ता फिल्ममा अभिनय गरेका छन्।