निर्माता शर्मिला पाण्डेले नयाँ फिल्म बनाउने तयारी गरेकी छन्।
यसअघि उनले फिल्म 'लभ लभ लभ, आमा, परस्त्री' लगायत निर्माण गरिसकेकी छन्। उनले निर्माण गर्न लागेको नयाँ फिल्मलाई उनकै छोरा निर्देशक सुरज पाण्डेले निर्देशन गर्नेछन्। सुरजले फिल्म 'परस्त्री' निर्देशन गर्दै निर्देशनमा डेब्यू गरेका थिए।
यो फिल्मका लागि अभिनेता प्रदीप खड्का र गौरव बिष्टसँग कुराकानी गरिएको छ। प्रदीपसँग भेटपछि निर्माता पाण्डेले भनिन्, 'प्रदीपजीले ६ महिनापछि समय दिन सक्छु भन्नुभयो। केही समयपछि अमेरिका गएर सुरजसँग भेट गर्ने र स्क्रिप्ट पनि सुन्ने कुरा गर्नुभएको छ। हामी फिल्मको सम्पूर्ण छायांकन अमेरिकामा नै गर्छौ।'
शर्मिलाका अनुसार फिल्ममा २ जना अभिनेता हुनेछन्। गौरवलाई लिएर शर्मिलाले फिल्म 'परस्त्री' निर्माण गरेकी थिइन्। यस्तै गौरव र प्रदीपले फिल्म 'पिताम्बर' मा पनि सहकार्य गरेका छन्।